|

काठमाडौं : तत्कालिन कार्यकारी निर्देशक प्रा डा दीपक महराले गत ४ साउनमा राजिनामा दिएपछि त्रिवि शिक्षण अस्पतालले हालसम्म पनि निर्देशक पाएको छैन।

गएको जेठ तेस्रो साता नियमित कार्याकाल सकिए पनि प्राडा महरालाई त्रिविले तीन महिना थप कार्यकाल थपिदिए पनि उनले पछि आफ्नो व्यक्तिगत समस्या देखाउँदै राजिनामा दिएका थिए।

उनको राजिनामा पछि हाल, काम चलाउ नै भएपनि त्रिवि शिक्षण अस्पतालको निमित्त निर्देशको जिम्मेवारी यतिवेला चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की सहायक डीन प्राध्यापक मन्दिरा वन्तले सम्हालेकी छन्। उनी नर्सिङ प्राध्यापक हुन्। यसले गर्दा नर्सबाट शिक्षण अस्पतालको निर्देशक बन्ने उनी पहिलो व्यक्ति समेत बनेकी छन्।

प्राडा महराले राजिनामा दिएपछि त्रिविले अस्पतालको निर्देशक बन्न योग्य तीन जनाको नाम सिफारिस गर्न आइओएम डीन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा तीन सदस्यी सर्च कमिटी गठन गरेको भए पनि कमिटीले आजसम्म अब बन्ने निर्देशकको नाम सिफारिस गर्न सकेको छैन। यता चिकित्सा शास्त्र अध्ययन संस्थान 'आइओएम'का डिनमा तथा सर्च कमिटीका संयोजक प्राडा जगदिश अग्रवालले प्रकृयामा जाँदा केही समय ढिलो भए पनि अब चाँडै  आफूहरुले नाम सिफारिस गर्ने बताए। उनले भने 'प्रकृयामा जाँदा निर्देशकको नाम सिफारिस गर्न थोरै ढिला भएको हो, अब हामीले चाडै नै नाम सिफारिस गर्छौं।'

निर्देशकमा तीन जनाको नाम चर्चामा

हाल सम्म शिक्षण अस्पतालको निर्देशक बन्नको लागि सर्च कमिटी समक्ष छ जनाले निवेदन दिएका छन्। तर निर्देशको को चर्चामा भने तीन जनाको नाम चर्चामा रहेको छ। सर्च कमिटि समक्ष प्राडा वाइपी सिंह, प्राडा ईश्वर लोहनी, प्राडा दिनेश काफ्ले को नाम चर्चामा रहेको छ।

तीन जनालाई शिक्षण अस्पतालका चिकित्सकहरुले आ आफ्नै समूह बनाएर अघि सारेको शिक्षण अस्पतालकै एक चिकित्सकले बताए। उनले भने '‘डा सिंह, डा लोहनी र डा काफ्लेलाई एउटा /एउटा समूहले अघि सारेको छ, जसले गर्दा पनि निर्देशको नियुक्तीमा ढिला भइरहेको छ।'

 प्राडा. वाइपी सिहं गोविन्द केसीको अनसनमा समेत शुरु देखि नै लागेकोले डा केसीको साथ समेत उनलाई रहेको बुझिएको छ। अर्का उम्मेद्वार प्राडा ईश्वर लोहनीलाई पूर्व निर्देशक प्राडा भगवान कोइराला सहितको समूहले समर्थन गरेको बुझिएको छ भने यस अघि साहयक निर्देशक बनेका प्राडा दिनेश काफ्लेलाई अस्पतालकै केही चिकित्सहरुले साथ दिइरहेको बुझिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.