|

बाँके : सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महेन्द्रनगरको टोलीले अवैध रूपमा नेपालबाट भारत लैजाने कालो मरिच बरामद गरेको छ। नेपालगन्जबाट अवैधरूपमा भारत निकासी गर्न लागिएको दुई क्विन्टल चालिस किलो मरिच सशस्त्र प्रहरीले जमुनहाबाट बरामद गरको हो।

ना २ स ७२६ नम्बरको अटोरिक्सामा मरिचको बोरा राखेर भारत लैजान लागेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर ३० गण बाँकेबाट खटिएको टोलीले दशगजा नजिकबाट उक्त मरिच बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले जानकारी दिए।

सशस्त्र प्रहरी सहायक निरीक्षक शेरबहादुर बिसी नेतृत्वको टोलीले बरामद गरेको सामान एक लाख ५६ हजार रुपैयाँ बराबरको भएको उनले बताए। उनले मरिच बोक्न प्रयोग भएको एक लाख मूल्य पर्ने अटोरिक्सासमेत बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको बताए।

यति ठूलो परिमाणमा कालो मरिच बरामद गरेको सम्भवतः यो पहिलो भएको उनले दावी गरे। चालु आर्थिक वर्ष ०७५/०७६ मा कुखुरा, लत्ताकपडा, मरिच गरी हालसम्म साढे तीन लाख मूल्य बराबरको अवैध सामान बरामद गरिसकेको सशस्त्र प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.