राजनीति

प्रधानमन्त्री ओलीसँग बंगलादेशका उर्जा राज्यमन्त्रीको भेट
SHARES

साउन २५, २०७५

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ। 

    सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० शिखर सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुर रहेको बताए।

    बङ्गलादेशी राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशको मैत्री सम्बन्धलाई आर्थिक, सामाजिक तथा ऊर्जा सहयोगका माध्यमबाट नयाँ उचाइमा पु¥याउने लक्ष्य राखिएको बताए। दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न राज्यमन्त्री नसरुल बिहीबार यहाँ आइपुगेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]