|

रुकुम : रुकुम पूर्व नयाँ जिल्ला बनेको एकवर्ष बिते पनि जिल्लास्तरीय सरकारी कार्यालयहरू स्थापना नभएकाले उद्योग बाणिज्य संघ रुकुमकोटले चाँडाे भन्दा चाँडाे कार्यालयहरू स्थापनाका माग गरेका छन्। संघले जिल्लामा हुनुपर्ने सरकारी संस्थाहरूको स्थापना गर्न माग गरेको हाे। 

शुक्रबार रुकुमकोट उद्योग बाणिज्य सघंले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र गाउँपालिका कार्यालयमा मागपत्र पेश गरेको हो। रुकुम पूर्वमा घरेलु तथा साना उद्योग नहुँदा काम गर्न रुकुमकोट उद्योग बाणिज्य सघंलाई अप्ठ्यारो परेको उद्योग बाणिज्य सघंका अध्यक्ष यज्ञप्रकाश मल्लले बताए। उनकाअनुसार हाल जिल्लामा जिल्ला खाद्य सस्थान, नेपाल टेलिकम शाखा, खानेपानी, कृषि विकास बैंक र जिल्ला हुलाक लगायतका सरकारी कार्यालयहरूकोअझै स्थापना भएका छैनन्।

‘कर तिर्नको लागि रुकुम पश्चिम जाँदा रुकुम पश्चिमले पनि ती काम हाम्रो मातहतमा नभएको भन्दै फर्काइएको सेवाग्राहीकाे गुनासाे छ’ अध्यक्ष मल्लले भने, ‘त्यसैले यी कार्यलयहरूको स्थापना गर्नको लागी पहल कदमी गरी दिनको लागि हामीले माग गरेका हौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.