|

खोटाङ : जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलास्थित महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको छ। मध्य पहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थल महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको हो।

३२ मिटर लम्बाइ र समुन्द्री सहतदेखि करिब २२०० मिटर उचाइमा रहेको पोखरीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले शुक्रबार औपचारिक रुपमा उदघाटन गरे। नगरपालिकाको ४३ लाख र स्थानीयवासीको आठ लाख बराबरको जन श्रमदान गरी ५१ लाखको लागतमा पोखरी निर्माण गरिएको हो। पोखरीकोबीच भागमा ब्रिज डाईनिङ बनाइएको पोखरीको दायाँ र बायाँ पानीको फोहोरा छोडिएको छ। ब्रिज डाईनिङको माथिबाट सेन्सर विजुलीबत्ती र डिजिटल बाेर्ड राखी पोखरीलाई थप आकर्षक बनाइएको छ। उत्त पोखरी निर्माण गरिएको ठाँउमा हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा ठूलो मेला लाग्ने गरेको छ। 

नगर प्रमुख रिजालले पोखरीमा नगरको समग्र वस्तुस्थिति झल्कने तस्वीरहरू राख्ने तयारी गरिएको बताए। उनले भने, 'नगरको प्रवेशद्वारमा सांकेतिक रुपमा आँखा आकारको पोखरी बनाइएको छ।' उनले भने, 'पोखरीमा आइपुग्ने जो कोहीले नगरपालिका कस्तो छ र कहाँ के छ भन्ने प्रष्ट देख्न सक्ने छन्।' वि.सं.१८३० मा भुमराजले राईले निर्माण गरेको पोखरीलाई आधुनिकता दिइएको पोखरीमा पाइपबाट ल्याइएको शुद्ध पानी प्रयोग गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले बताए।

पोखरीमा रंगीन माछा समेत राखिने अध्यक्ष राईको भनाइ छ। महुरेगढीमा संसारमै नभएको मान्छेको आँखा आकारको पोखरी निर्माण भएपछि हेर्ने मान्छेको भीड लाग्न थालेको छ। ऐतिहासिक एवम् पर्यटकीयस्थल महुरेगढीमा पोखरी निर्माण गरेपछि आन्तरिक तथा वाह्य पर्यटकको केन्द्रविन्दू बन्ने वडा अध्यक्ष भीम राईले बताए। महुरेगढीमा विशेष गरी हिम श्रृंखला, तराइका फाँट र लाली गुराँसको दृष्य अवलोकन गर्न सकिन्छ।

महुरेगढी आउने पर्यटकलाई थप मनोरन्जन दिलाउँदै नगरपालिकाको आन्तरिक आयस्राेत बृद्धि गर्ने उद्देश्यले अन्य ठाउँमा निर्माण भएको भन्दा छुट्टै मानिसको आँखा आकारको पोखरी निर्माण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.