समाज

गुडिरहेको ट्याक्टरबाट खसेर एकको मृत्यु, एक वृद्धा घाइते
SHARES

प्रतीकात्मक फोटो
साउन २५, २०७५

    भद्रपुर, (झापा) : झापाको गौरादह नगरपालिका १ स्थित भित्री सडकखण्डमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा दमक नगरपालिका १ निवासी २८ वर्षीय कमल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार मे १ त ६५५३ नम्बरको गुडिरहेको ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका तामाङको लाइफ लाइन अस्पताल दमक शुक्रबार उपचारको क्रममा मृत्यु भएको हो। यता ट्याक्टरसहित चालक दमक नगरपालिका १ निवासी २४ वर्षीय दर्शन तामाङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जनाइएको छ ।

    यसैगरी मेचीनगर नगरपालिका ४ स्थित जोगी डाँडामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धा घाइते भएका छन् । मे १ प ६६२६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ८० वर्षीया तीलमाया कडरिया घाइते भएकी प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते कडरियाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, भने मोटरसाइकसहित चालक मेचीनगर नगरपालिका ४ निवासी २२ वर्षीय अनिल कार्कीलाई प्रहरी चौकी बाहुनडाँगीले नियन्त्रण लिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]