|
फाइल तस्बिर

भद्रपुर, (झापा) : जंगली हात्तीको आतंक झापामा अझै पनि रोकिएको छैन्। एक दर्जन बढी रहेको जंगली हात्तीले रातैपिच्छे जंगल आसपासका गाँउघरमा पसेर क्षति पुर्‍याउँदै आएको छ।

यसैक्रम जंगली हात्तीको एक समूहले बिर्तामोड नगरपालिका ७ स्थित शरणार्थी टोलमा शुक्रबार पाँचवटा घरमा क्षति पुर्‍याएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। हात्तीले बिर्तामोड ७ निवासी गणेश खत्री, भीम माया न्यौपाने, शरण ठकुरी, रामप्रसाद लिम्बू र कृष्णप्रसाद उप्रेतीको घरमा क्षति पुर्‍याएको हो।

हात्तीले उनीहरूको टिनाले बनाएको कच्चि घरको पर्खाल, टाटी, गार्इगोठ भत्काउँदा करिब ७० हजार मूल्य बरारबको क्षति भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। केही दिनदेखि चाराआली, चन्द्रगढी, भेलागुढी वनमा रहेको जंगली हात्तीले रात परेपछि गाउँघरमा आहारको खोजीमा आउने गरेकोले त्यहाँ स्थानीय त्रसिद बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.