|

चितवन : नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडी पुलबाट भारतीय ट्रक खस्दा दुईको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

शनिबार ४ः४० बजे भारतबाट काठमाडौ जाँदै गरेको एमएचच–४२–टी–०३४३ नम्बरको चाउचार र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुरका २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एक पुरुषको मृत्यु भएको छ। चालकको उपचारका क्रममा चितवनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको हो भने अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा भारत बलरामपुरकै करिब ४० वर्षका फिरोज आलम घाइते भएको र उनको अहिले कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.