|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग जलविज्ञान महाशाखा\बाढी पूर्वानुमान शाखाले तीन दिन देशैभर झरी\हल्का, मध्यम वा भारीसम्म वर्षाको सम्भावना रहेको जनाएको छ।

शनिवार सूचना जारी गरी महाशाखाले शनिबार ठूला\मझौला नदीहरुमा उल्लेख्य बहाव बढे पनि खतरा तह पार हुने सम्भावना न्युन रहेको बताएको छ। यस्तै आइतबार र सोमबार देशका प्रायः सबै नदीनालामा बहाब सतर्कता तह आसपास रहने महाशाखाले जनाएको छ।

उच्च खतरा नभए पनि खोलानाला आसपास बस्नेहरूले सतर्कता जरुरी रहेको महाशाखाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.