|

‪काठमाडौं : स्व‍.रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ। जननायक रामप्रसाद राई फाउण्डेशन नेपाल र रामप्रसाद राई स्मृति प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरूको टोलीसहितले प्रधानमन्त्री ओलीलाई भेटी शुक्रबार ज्ञापनपत्र बुझाएको हो।‬

फाउण्डेशनकी अध्यक्ष सुष्मा राई र प्रतिष्ठानकी अध्यक्ष तारा राईले संयुक्त रूपमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाए। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सम्बन्धित निकायसँग आवश्यक सरसल्लाह गरेर निर्णय गर्ने बताए।‬

य‪सअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझ्दै प्रचण्डले राईलाई ‬ राष्ट्रिय विभूति घोषणा गर्ने पहल गर्ने अाश्वासन दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.