|

ओखलढुंगा : जिल्लाकै दुर्गम मानिएको खिजीदेम्बा गाउँपालिकामा एम्बुलेन्स पुगेको छ। जिल्लाको उत्तरपश्चिममा पर्ने सबैभन्दा दुर्गममा रहेको गाउँपालिकाले नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गरेको हो।

नागरिकलाई बिरामी परेका बेला उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए। गाउँपालिकाको १० लाख १२ हजार ४ सय रकम बैंकमा जम्मा गरेर भारतबाट एम्बुलेन्स ल्याइएको हो।

झण्झटिलो प्रकृया भएकाले ६ महिनामा एम्बुलेन्स ल्याउन सफल भएको अध्यक्ष रोकाले जानकारी दिए। नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गर्ने खिजीदेम्बा ओखलढुंगाको पहिलो स्थानीय तह हो।

एम्बुलेन्स अाए पनि जिल्लाका सडकको अवस्थाले बिरामीलाई सहजै अस्पताल पुर्‍याउन कठिनाइ हुने सर्वसाधारणले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.