|

काठमाडौंः मौसमविद्ले नेपालको पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना भएको बताएका छन्। पोखरा पश्चिमको भागमा शनिबार राति भारी वर्षा हुने मौसमविद्हरुले अनुमान गरेका छन्। 

मौसमविद् विभूति पोखरेलले शनिबार राति पश्चिम भेगमा ठूलो वर्षाको सम्भावना रहेको बताइन्। शनिबार पनि देशभरी नै पानी परिरहने उनले बताइन्। तर पश्चिममा ठूलो पानी पर्ने सम्भावना रहेको छ।

आइतबार पनि मौसममा बदली आइ हल्का तथा मध्यम पानी पर्ने सम्भावना रहेको छ। आइतबार पूर्वमा पनि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.