|

दार्चुला : बिस्फोटक पदार्थको अभावमा निर्माण गति सुन्य भएको दार्चुला तिंकर सडकको ट्रयाक खोल्न बिस्फोटक पदार्थ पट्काइने भएको छ। नेपाली सेनाको दुर्गादल गुल्म र दार्चुला तिंकर सडक आयोजनाबीच शुक्रबार भएको सम्झौताअनुसार सेनाको निगरानीमा दार्चुला तिंकर सडकमा भदौ १ गतेदेखि बिस्फोटक पदार्थ पट्काउने भएकाे हाे।

गुल्म र आयोजना कार्यालयबीच भएको सम्झौताअनुसार नेपाली सेनाको बढीमा ११ जना रहेको टोलीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोटक पदार्थ पट्काउने छ। बिस्फोटक पदार्थको सुरक्षार्थ जाने टोलीको बास र खानपानको व्यवस्थान निर्माण व्यवसायीहरूले गर्ने सम्झौता समेत भएको दार्चुला तिंकर सडक आयोजनाका निमित्त प्रमुख इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए।

निजी कम्पनीसँग सापट लिइएको बिस्फोटक पदार्थको प्रयोगका लागी सुरक्षा योजना बनाउनु पर्ने, स्वीकृत गराए मात्रै कार्यान्वयन गर्नुपर्ने भएकाले बिस्फोटक पदार्थको प्रयोगमा ढिलाई भएको दुर्गादल गुल्मका गुम्मपति मेजर गणेश रावलले बताए। ‘आवश्यक सुरक्षा योजना र अपरेसन प्लान बनाई सेना परिचालन नहुने भएकाले यी सब प्रक्रिया पुर्‍याउँदा बिस्फोटक पदार्थको प्रयोगमा बिलम्ब भएको हो’ मेजर रावलले भने।

दार्चुला तिंकर सडकको प्रयोगका लागि नेपाली सेनासँग ९ टन बिस्फोटक पदार्थ मौजदात रहेको छ। ९ टन असार १० गते दार्चुला ल्याई पुर्‍याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.