|

महोत्तरी : नगरपालिकाले कर बढाइएको भन्दै व्यापारीले महोत्तरीको गौशाला बजार बन्द गरी विरोध गरेका छन्। आर्थिक वर्ष २०७५/०७६ को बजेटमा नगरपालिकाले जनताको ढाड सेक्ने गरी कर बृद्धि गरेको विरोधमा गौशाला बजार बन्द गरी प्लेकार्डसहित विरोध प्रदर्शनमा गरेका हुन्।   

उद्योग वाणिज्य संघ गौशालाले बन्दको आव्हान गर्दै कर फिर्ताको माग गरेको छ। शनिवार नेपाली कांग्रेस नेता तथा पूर्व सांसद वसन्त गुरुङको नेतृत्वमा निस्केको र्‍याली कोणसभामा नगरपालिकाले जनतामाथि बजेट थुपार्ने तथा गरिव र किसानलाई राहत भन्दाआहत दिने काम गरेको भन्दै कर संशोधनको माग गरेका थिए। 
उनीहरूले कोणसभालाई सम्बोधन गर्दै जनताको इच्छा र चाहनाअनुरुप करको दायाराभित्र रही संशोधन गर्नुपर्ने माग गरेका थिए।

कोणसभामा पूर्व सांसद सिताराम भण्डारी, बसन्त गुरुङ, कांग्रेस नेता विनोद महतो, मनु अधिकारी, रामकुमारी देवी, उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम गिरी लगायत वडा अध्यक्षहरूले कर फिर्ताको माग गरेका थिए। यता गौशाला नगरपालिकाको कार्यालयले एकसाता अघि वडाअध्यक्ष महेश सिंहको अध्यक्षतामा वजेट पुनरावलोकन समिति गठन गरी संशोधन प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.