|

चितवन : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चितवनको विपी कोइराला मेमाेरियल क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरी सेवा चुस्त पार्न निर्देशन दिएका छन्। मन्त्री उपेन्द्र यादवले विरामीहरूको सेवामा ढिलासुस्ती नगरी सेवा प्रभावकारी बनाउन शनिबार कर्मचारीलाई आग्रह गरेका हुन्। 

चितवनको क्यान्सर अस्पताललाई अन्कोलोजीको विषयमा एमसिएच र डिएम अध्ययनका लागि प्रतिष्ठानको रुपमा विकास गर्न मन्त्रालय सकारात्मक रहेको समेत बताए। सो विषयमा मन्त्रालयले पठाएको विषयमा सरकार सकारात्मक रहेको समेत उनको भनाई छ।अस्पतालको सेवालाई पूर्व क्षेत्रमा समेत लैजानुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री यादवले अस्पताललाई सुविधायुक्त बनाउन आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए। क्यान्सरको उपचारमा उत्कृष्ट संस्था बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने समेत उनको भनाई थियो।

मन्त्री यादवले शनिबार नै अस्पतालको  रेडियो थेरापी, डाइग्नोसिस, प्याथोलोजी, डेकेयर, हस्पीस वार्ड र नव निर्मित २०० शय्याको भवनमा स्थलगन निरीक्षक गरेकाे अस्पतालका कानुनी अधिकृत गोकर्ण सापकोटाले जानकारी दिए। सोही क्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक निर्मल लामिछानेले अस्पतालका योजना र गतिविधिका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए। हाल क्यान्सर अस्पतालमा २२५ शय्या छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.