|

शुक्रबारबाट सुरु भएको इंग्लिस प्रिमियर लिगमा शीर्ष क्लबहरुले विजयी सुरुवात गरेका छन्। प्रतियोगिताको पहिलो खेलमा म्यानयुले जित निकाल्दा शनिबार भएको खेलमा चेल्सी र टोटनह्यामले पनि लिगमा विजयी सुरुवात गरेका छन्।

शनिबार राती भएको खेलमा चेल्सीले हडर्स्फिल्ड टाउनमाथी ३-० को सहज जित निकालेको छ। हडर्स्फिल्डको घरेलु मैदानमा चेल्सी हावी भएको थियो। चेल्सीलाई कोन्टेले ३४ औं मिनेटमा गोल गर्दे सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा जोर्गिन्होले गोल गर्दै पहिलो हाफमानै चैल्सीलाई २-० को अबस्थामा पुर्‍याएका थिए।

पहिलो हाफको दुई गोललले आत्माविश्वासी बनेको चेल्सीले दोस्रो हाफमा पनि गोलका निरन्तर प्रयास गर्यो तर घरेलु टोली केहि संयमित रहेपनि ८० औं मिनेटमा पेड्रोले गोल थपेपछि टाउन स्तब्ध बनेको थियो।


टोटनह्याम विजयी

शनिबारनै टोटनह्यामले न्युक्यासल युनाईटेडलाई २–१ ले पराजित गर्यो। टोटनह्यामको जितमा भेट्रोनघेन र डेल अलीले गोल गरेका थिए। जोसेलुले गोल फर्काएपनि अंक खोस्नका लागि पर्याप्त भएन्।

टोटनह्यामले पहिलो हाफको ८ औं मिनेटमा भेट्रोनघेनले गोल गर्दे टोटनह्यामलाई सुरुवाती अग्रता दिलाए तर ११ औं मिनेटमा जोसेलुले न्युक्यासलाई खेलमा फर्काउदै बराबरी गोल गरे।

तर १८ औं मिनेटमा डेल अलीलले दोस्रो गोल गरे। जुन गोल टोटनह्यामलाई तीन अंकका लागि पर्याप्त बन्यो। पहिलो हाफको सुरुवातमानै सबै तीन गोल भएका थिए। त्यसपछि दुबै टिमले गोल गर्न सकेनन्।

प्रिमियर लिग अन्तर्गत नै वाट्फोर्डले ब्राइटनलाई २-० ले हराउँदा प्रिमियर लिगमा डेब्यु गरेका फुलहम क्रिष्टल प्यालेससंग २-० तथा कार्डिफ सिटी बोर्नेमाउथसंग २-० लेनै पराजित भए। एभर्टन वेल्भरह्याम्पटनसँग २-२ गोलको बराबरीमा रोकियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.