|

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–५ देवकलियामा शनिबार करेन्ट लागेर एक बालकको मत्यु भएको छ।

नुहाउनका लागि मोटर चलाउन खोज्दा करेन्ट लागेर १२ वर्षीय राजु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

उनलार्ई करेन्ट लाग्ने बित्तिकै घोडाघोडी नगरपालिका–१ सुखडस्थित घोडाघोडी अस्पतालमा लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा बालकको ज्यान गएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.