|

काठमाडौं : बैंकिङ प्रणालीमा तरलता(लगानीयोग्य पुँजी) अभाव भएपछि वाणिज्य बैंकहरूले विदेशबाट डलमा ऋण ल्याउने प्रक्रिया सुरु गरेका छन्।

राजधानी दैनिकमा समाचार छ, लामो समयदेखि चुलिएको तरलता समस्या समाधान गर्न विदेशबाट ऋण ल्याएर लगानी गर्न पाउनेगरी राष्ट्र बैंकले बाटो खोलिदिएपछि वाणिज्य बैंकले ऋण ल्याउने प्रक्रिया सुरु गरेका हुन्। सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये एनआईसी एसिया र एनएमबी बैंकले विलेशबाट ऋण ल्याउन निवेदन दिइसकेका छन्।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमुख तथा कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले एनआईसी एसिया र एनएमबी बैंकले विदेशबाट ऋण ल्याउन निवेदन दिएका थिए। यसमध्ये एनएमबीले स्वीकृति पाइसकेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.