|

उदयपुर : मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। धरानबाट रामपुर आउँदै गरेको स ७ प ३०९० मोटरसाइकलले वेलका नगरपालिका–८ बहिरु खोलामा शनिबार राति भैँसीलाई ठक्कर दिँदा चालक चितवन पर्वतीपुर नगरपालिका– २३ का ३१ वर्षीय सागर सापकोटाको मृत्यु भएको हो।

भैँसीसँग ठोक्किएर गम्भीर घाइते भएका सापकोटालाई उपचारका लागि धरान लगिएको थियो। बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सीका प्रहरी निरीक्षक नविनकुमार सिंहले बताए।

मृतक सापकोटा कालिका कन्ट्रक्सन कम्पनीमा काम गर्थे। उनी नादारकोसी पुल(चतरा) रफत्तेपुर–कंचनपुर–रुपनगर सडक निर्माणका लागि कम्पनीको साइड अफिसमा लेखापाल थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.