|

अछाम : बान्नीगढी जयगढ गाउपालिका-६ दर्नामा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७६  वर्षीया कलुदेवी कडायत रहेकी छन्।

शनिबार दिउँसो बाख्रा चराउन गएको बेला भीर माथिबाट बाख्राले झारेको ढुंगाले टाउकोमा लागेर बेहोस भएपछि भीरबाट लडेको बताइएको छ।

भीरबाट लडेको देखेका बाख्रा चराउन गएका बालबालिकाहरुले घरमा पुगरे जानकारी गराएपछि स्थानीयहरु घटना स्थल गएका थिए। तर, उनीहरु नपुग्दै उनको घटना स्थलमै ज्यान गएको वडाध्यक्ष कृष्णबहादुर कडायतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.