|

अमेरिकी प्रतिबन्धप्रति उत्तर कोरियाले कडा आलोचना गरेको छ । 

उत्तर कोरियाको विदेशमन्त्रालयले जारी गरेकोे वक्तब्यमा कयौं सौहार्दपूर्ण वार्ता र व्यवहारका बाबजुद प्रतिवन्ध लगाएर अमेरिकाले सम्बन्ध खतरामा पारेको उल्लेख गरेको छ। 

आणविक कार्यक्रम तथा क्षेप्यास्त्र परीक्षणका कारण संयुक्त राष्ट्रसंघले उत्तर कोरिया माथि विभिन्न प्रतिबन्ध लगाईएको छ। अमेरिकाले पूर्ण आणविक निशस्त्रिकरण उत्तर माथिको प्रतिबन्ध हटाउने सर्त राखेको छ। दक्षिण कोरियाले भने उत्तर कोरिया माथि लगाइएको प्रतिबन्धका बाबजुद कोईला र फलाम निर्यात गर्ने तिन वटा कम्पनी समातिएको दाबी गरेको छ। 

उत्तरले आणविक हतियार केन्द्र बन्द नगरेको एक प्रतिवेदन सार्वजनिक नभएपछि अमेरिकाले आफ्ना सहयोगी मुलुकलाई प्रतिबन्ध खुकुलो नपार्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.