|

काठमाडौंः नेपाल लाइफ इन्स्युरेन्सले संस्थापक लगानीकर्ताको हिस्सा घटाएको छ। उक्त कम्पनीले साउन २५ गतेसम्म कायम शेयरधनी लगत अनुसार संस्थापकको हिस्सा घटाउने निर्णय गरेको हो। कम्पनीले ७० प्रतिशत रहेको संस्थापकको स्वामित्व ६० प्रतिशतमा झार्ने निर्णय गरेको हो। अब १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत हुनेछ। कायम संस्थापकहरुबाट समानुपातिक रुपमा शेयरलाई सर्वसाधारणमा परिणत गरेको हो। 

अब झण्डै ४४ लाख कित्ता शेयर सर्वसाधारणमा परिणत भएको छ। ४४ लाख कित्ता शेयर बजारमा सर्वसाधारण सेयरको रुपमा आएपछि नेपाल लाइफको शेयरको आपूर्ति समेत बढ्नेछ। कम्पनीले सर्वसाधारणको हिस्सा बढाएर थप पारदर्शी र उत्तरदायि बन्न लागेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.