|

काठमाडौंः उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि जनदवाव सृजना गर्न युवाहरुलाई आह्वान गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले मुलुकको समृद्धिका लागि युवाहरुलाई परिचालन गर्ने ठोस नीति, योजना र कार्यक्रम बनाउन पनि राष्ट्रिय युवा परिषदको गम्भिर ध्यानाकर्षण गराए। अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आईतबार राष्ट्रिय युवा परिषदले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई अघि बढाउन युवाहरुले सृजनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 

उनले विकास र समृद्धिको अभियान आम नेपाली र मुलुकको हित चाहने सबैको लक्ष्य भएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैको सहयोगको आवश्यक्तामा जोड दिए। उपप्रधानमन्त्री पोखरेलले युवाहरुको उचित परिचालन नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.