काठमाडौंः राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत १८ जना डिएसपीहरुको एसपीमा बढुवा भएको छ। त्यस्तै २७ जना इन्सेक्टरको डिएसपीमा बढुवा भएको छ। गृहमन्त्रालयले शुक्रबार साँझ गरेको बढुवा आइतबार सार्वजनिक गरिएको हो। विवादका कारण तीन महिनासम्म बढुवाको काम रोकिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।