|

काठमाडौं : पठन संस्कृति प्रवद्रधर्न गर्न एवं पाठक र लेखकबीचको सम्बन्ध प्रगाढ पार्नका लागि भन्दै पुस्तक प्रकाशन संस्था फाइनप्रिन्टले कास्की पोखरामा 'फाइनप्रिन्ट फिभर' कार्यक्रम आयोजनमा गर्ने भएको छ।

भदौ २ गते आयोजना हुने उक्त कार्यक्रममा फाइनप्रिन्टले २०७४ सालमा छापेका ‘महको म' का लेखक मदनकृष्ण श्रेष्ठ, ‘रजगज’का लेखक हरिबहादुर थापा, ‘माङ्गेना’का लेखक युग पाठक, ‘काठमाडौंमा एक दिन’का लेखक शिवानी सिंह थारु, ‘यार’ का लेखक नयनराज पाण्डे सहित लेखक अमर न्यौपाने तथा स्थानीय लेखकहरूको सहभागितामा कार्यक्रम गर्न लागिएको फाइनप्रिन्ट प्रकाशनका अजित बरालले जानकारी दिए।

पाठक र लेखकबीच निःशुल्क भेटघाटको व्यवस्था मिलाइएको कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने बताइएको छ।

यसअघी पनि साहित्यकार र पाठबीच भेट गराउन भन्दै फाइनप्रिन्टले देशका विभिन्न भागमा एकदिने घुम्ती साहित्य उत्सव आयोजना गरेको थियो।  उसले घुम्ती साहित्य उत्सव सुर्खेत, धनगढी र कोहलपुरमा गरिसकेको छ।

प्रकाशकले गरिरहेका यस्ता साहित्यिक गतिविधिले लेखक र पाठकबीच संवादको अवसर सिर्जना गरेको लेखिका शिवानीसिंह थारूले बताइन्। उनले यस्ता कार्यक्रमले लेखकले आफ्ना सीमितता तथा सम्भाव्यता जान्ने मौका पाउने र पाठकले लेखनमा गरिएको प्रयोग, लेखन प्रक्रिया र लेखनप्रति लेखकको सोचबारे थाहा पाउने अवसर सिर्जना हुने र त्यसले साहित्यलाई समृद्ध बनाउने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.