|

चितवन : चितवनको रत्ननगरमा रहेको बजाज मोटरसाइकलको आधिकारिक विक्रेता निशास मोटर्सले पूर्वी चितवनमा क्रियाशिल पत्रकारहरूका लागि पाँच लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ।

बजाजको पल्सर १५० ट्विन डिस्क मोटरसाइकलको नयाँ मोडल सार्वजनिकीकरण कार्यक्रममा आइतबार निशास मोटर्सले यहाँ क्रियाशिल छजना पत्रकारलाई दुर्घटना बिमा गराएको हो। निको इन्सुरेन्ससँगको सहकार्यमा पत्रकारहरूलाई दुर्घटना बिमा गरिएको निशास मोटर्सका प्रबन्ध निर्देशक संजिव थापाले जानकारी दिए।

उक्त मोटर्सले थाहाखबर तथा थाहासञ्चार नेटवर्कका चितवन प्रतिनिधि नारायण ढुंगाना, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, पारदर्शी दैनिकका सम्बाददाता शिशिर सिंखडा, नेपाल टेलिभिजनका चितवन समाचारदाता राजेन्द्र आचार्य, कायाकैरन दैनिकका सम्बाददाता ध्रुवराज खनाल र एविसी टेलिभिजनका सम्बाददाता विकास पौडेलको दुर्घटना बिमा गरेको हो।

उक्त बिमा आइतबारदेखि लागू हुने निशान मोटर्सले जनाएको छ। निको इन्सुरेन्स रत्ननगरका शाखा प्रमुख सुजन कट्टेलले बिमा भएपछि दुर्घटनामा मृत्यु भएमा र स्थायी असक्त भएमा पाँच लाख, तथा घाइते भएमा ५० हजार रुपैयाँसम्म उपचार खर्च दिइने जानकारी दिए।

यसैबीच आइतबार यहाँ आयोजित कार्यक्रममा रत्ननगरका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवाली र निशासका प्रबन्ध निर्देशक संजिव थापाले संयुक्त रूपमा नयाँ पल्सर १५० ट्विन डिस्क सार्वजनिक गरेका थिए।

नयाँ मोडलले बाइकले ग्राहकलाई नयाँ जोश र नयाँ अनुभूति प्रदान गर्ने र मोटरसाइकल प्रविधि र डिजाइनलाई त्यसरी नै पुनः परिमाणित गर्ने प्रबन्ध निर्देशक थापाको दावी छ। सार्वजनिक गरिएको मोटरसाइकलको भने दुवैतिर डिस ब्रेक रहेको छ।

बजाजले चितवनसहित आइतबार देशैभरका आफ्नो आधिकारिक शोरुमबाट नयाँ मोडल मोटरसाइकल सार्वजनिक गरेको छ। आकर्षक मोडलको ट्विन डिस्क ब्रेकिंग क्षमता रहेको र आरामदायी उक्त मोटरसाइकलको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ रहेको छ।

प्रहरी नायब उपरिक्षक ज्ञवालीले ट्राफिक नियमानुसार दुर्घटनाबाट जोगिने गरी सवारी चलाउन सर्बसाधारणसँग आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.