|
प्रतीकात्मक तस्वीर

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका १ लोकाँमा रहेको छलगाड लघु जल विद्युतको बाँध खोलाले भत्काएको तीन साता बितिसक्दा पनि निर्माण हुन सकेको छैन्। बाँध निर्माण हुन नसकेपछि त्रिपुरासुन्दरी नगरपालिका १ का ३५० घरधुरी अन्धकारमा बस्न बाध्ये भएका छन्।

अविरल वर्षाका कारण आएको बाढीले ६ साउनमा बाँध भत्काएपछि विद्युत आपूर्ति बन्द भएको थियो। बाँध निर्माणमा नगरपालिका र विद्युत् व्यवस्थापन समितिले तदारुपता नदेखाउँदा गाँउलेहरु अन्धकारमा बस्न बाध्य भएको स्थानीयले गुनासो गरेकाछन्।

३५ किलोवाट क्षमता भएको छलगाड लघु जल विद्युतको विद्युत आपुर्ति बन्द हुदाँ त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका कार्यालय तथा गैरसरकारी कार्यालयको कामकाज प्रभावित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.