|
फाइल फोटो

बैतडी : पहिरोले अवरुद्ध भएको खोडपे–बझाङ जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। आइतबार बिहान साढे ६ बजे बैतडीको सिगास गाउँपालिका ९ श्रीभावरमा पहिरो गएर अवरुद्ध भएको उक्त राजमार्ग मध्यान्हवाट सुचारु भएको हो।

डोजरको सहयताले पहिरो पन्छाएपछी राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। राजमार्ग सुचारु भएपछि रोकिएका सवारी साधन तथा यात्रुहरू आ-आफ्नो गन्तब्यतर्फ लागेका छन्। केही दिनदेखिको लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.