|

मोरङ : विराटनगर महानगरपालिका भवनभित्र सकेट बम विस्फोट भएको छ। विस्फोटबाट कार्यालय सहायक शिवचन्द्र ठाकुर घाइते भएका छन्। उनको उपचार कोशी अञ्चल अस्पतालमा भइरहेको छ।

अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विस्फोट भएको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीका अनुसार अहिलेसम्म नगरपालिकालाई कुनैपनि किसिमको धाक धम्की कसैले दिएको थिएन। बम विस्फोट कस्ले र किन गराएको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको पराजुलीले बताए।

बम विस्फोटको विषयमा अनुसन्धान गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ। भवनको दोस्रो तल्लामा रहेको प्रमुख पराजुलीको कार्यकक्ष बाहिरको प्यासेजमा बम विस्फोट भएको हो। विस्फोटबाट प्यासेजमा राखिएका केही सोफा तथा एउटा स्टिलको दराजमा क्षति पुगेको छ।

यस्तै महानगरपालिका प्रमुख पराजुलीको गाडीमा पनि क्षति पुगेको छ। विस्फोटमा संलग्नको खोजिका लागि महानगरपालिकामा रहेको सीसी टिभीको फुटेज प्रहरीले लगेको छ। मोरङका प्रहरी प्रमुख मनोजकुमार केसीले घटनाबारे पछि जानकारी दिने भन्दै केही बताएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.