|

सुनसरी : सरकारी रकम दुरुपयोगमा संलग्न इनरुवा अस्पतालका कर्मचारीमाथि कारवाहीको तयारी थालिएको छ। रकम हिनामिनामा संलग्न बिल काउण्टरका कर्मचारी उपर अस्पताल प्रशासनले कारवाही गर्ने भएको हो।

हिनामिनामा संलग्न रहेकाहरूमध्ये संलग्नताकाआधारमा उनीहरूलाई आन्तरिक कारवाहीको तयारीमा अस्पताल प्रशासन जुटेको हो। इनरुवा अस्पतालकी मेसु डा. विना शाक्यले सरकारी रकम हिनामिनामा गरिनु अपराध भएकाले संलग्नमध्ये नेतृत्वकर्ता विकेश श्रेष्ठ सहितका कर्मचारी उपर तत्काल कारवाहीको प्रक्रिया चालिने बताए।

सम्वन्धित कर्मचारीबाट गल्ती भएको ठहर गरेको अस्पताल प्रशासनले काउण्टर इन्चार्ज विकेशलाई दोषी ठहर गर्दै निलम्बनको तयारी थालेको जनाएको छ। त्यसैगरी अजय प्रधानलाई समेत अस्पतालले निलम्बन गर्ने प्रक्रिया अघि बढाएको छ। अन्यको हकमा संलग्नताको विषयमा थप छानविन गरिने बताएको अस्पतालले उनिहरूका हकमा तत्कालका लागि आन्तरिक कारवाही हुन सक्ने इनरुवा अस्पतालले जनाएको छ।

अस्पतालको रकम हिनामिनामा श्रेष्ठसहित अजय प्रधान, कबिता पोदार,सरु भट्टराई र आयुषी शाक्य संलग्न रहेको भेटिएको थियो। अस्पतालको लेखा फाँटले दिएको जानकारीअनुसार विकेशका नाममा १० लाख र अजयको नामको ३ लाख बढी रकम अझै बक्यौता छ। अन्यले भने आफूले हिनामिना गरे बमोजिमको रकम बुझाएको इनरुवा अस्पतालले जनाएको छ। हिनामिना गरिएको रकम फिर्ता बुझाए पनि सरकारी रकम दुरुपयोग गरेको पाइएकाले काउण्टरका ५ जना नै कारवाहीको भागिदार रहेको अस्पताल प्रशासनको ठहर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.