|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार नेपालले नेपालका लागि रसियाली राजदूत आन्द्रेही एस बुद्रिकको निधनले दु:खी तुल्याएको बताएका छन्। सन् २०१६ फेब्रुअरी २९ देखि नेपालको राजदूत रहेका उनको शुक्रबार मस्कोमा निधन भएको हो।

परराष्ट्रमन्त्रीले ज्ञवालीले ट्वीट गर्दै राजदूत बुद्रिकको असामयिक निधनले आफूलाई दुःख बनाएका बताएका छन्। उनले बुद्रिक नेपालको सच्चा साथी रहेको भन्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

सन् १९५३ मा जन्मिएका बुद्रिकले सन् १९७५ मा मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशनमा स्नातकोत्तर गरेपछि कुटनीतिक सेवामा आफ्नो करिअर सुरू गरेका थिए।

सन् १९७८ देखि १९८४ सम्म नयाँ दिल्लीस्थित सोभियत युनियनको दूतावासमा तृतीत सचिव रहेका उनी सन् १९८८ मा दूतावासको प्रथम सचिव तथा कउन्सुलर बनेर फर्किएका थिए। उनी २००९ देखि २०१३ सम्म पाकिस्तानका लागि राजदूत भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.