|

काठमाडौं : फिल्म ‘रामकहानी’को पोष्टर रिलिज गरिएको छ। सार्वजनिक पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मासँगै फिल्मका अन्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई र राजाराम पौडेललाई पनि देख्न सकिन्छ। 

भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। रोमान्टिक लभस्टोरीसँगै कमेडी पनि प्रस्तुत गरिएको फिल्ममा सुदर्शनकै कथा रहेको छ।

सुदर्शन र नायिका पूजा शर्माको लगानी रहेको फिल्ममा सैरभ लामाको छायांकन तथा बनीष शाह र मिलन श्रेष्ठले सम्पादन रहेको छ। अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा महेश दवाडी र दिनेश न्यौपानेको पटकथा तथा संवाद रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.