|

भद्रपुर, (झापा) : झापा कारागार भद्रपुर परिसर भित्रबाटै एक कैदीबन्दी फिल्मी शैलीमा आइतबार दिउँसो फरार भएका छन्।

साविक जुरोपानी गाविस ९ हाल गौरादह नगरपालिका ८ निवासी अन्दाजी २४ वर्षीय उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन कारावासको सजाय सुनाएका थिए। सोही सजायअनुसार माझी कारागारमा बन्दी जीवन बिताइरहेका थिए।

बेलुका कैदी गन्ती गर्ने क्रममा एक जना कैदीबन्दीको संख्यामा कमी आएपछि माझी फरार भएको घटना त्यसपछि बाहिर आएको हो ।

माझी पेशाले इलेक्ट्रिशियन थए । कारागारको पर्खालमा बिजुलीका काम गर्नका उनले भर्‍याङ (सिढी) को प्रयोग गरेका थिए। ‘भर्‍याङ चढेर काम गर्दागर्दौ गरेको अवस्था कति खेर फिल्मी शैलीमा पर्खाल नाघेर फरार भयो, कारागारमा तैनाथ सुरक्षाकर्मीले समेत पत्ता पाएनन्, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘घटनाको बेला खटिएका प्रहरी तथा कैदीबन्दीसँग सोधपुछ भइरहेको छ, भने फरार भएका माझीलाई खोज्न व्यापाक रुपमा प्रहरी परिचालन गरिएको छ।'

कारागार भित्रैबाट कैदीबन्दी फरार भएपछि कारागारमा तैनाथ सुरक्षाकर्मीमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.