|

काठमाडौं : बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रुपमा बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको खबर कान्तिपुर दैनिकमा छ। समितिका अनुसार भारतबाट भित्रिएको तरकारी तुलनात्मक रुपमा सस्तो हुन्छ। आयात ठप्प भएपछि तरकारी केही महँगो भएको हो।

समितिका अनुसार थोकमा प्रतिकिलो ११५ रुपैयाँ पर्ने हरियो धनिया अहिले ५९५ र प्रतिकिलो १९ रुपैयाँ पर्ने सानो गोलभेंडा दोब्बर बढेर ३९ रुपैयाँ पुगेको छ

सामान्यतः कालीमाटी बजारमा दैनिक ६ सयदेखि साढे ६ सय टन तरकारी भित्रिन्छ। तरकारीको परिमाणमा कुनै कमी नभए पनि मूल्य भने अस्वाभाविक रुपमा बढेको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.