|

काठमाडौं : नेपालमा गर्भपतनले कानुनी मान्यता पाएपछि गर्भपतन गर्नेको संख्या बढ्दो छ। आर्थिक वर्ष २०७४/७५ मा तीन लाख २३ हजार महिलाले सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट गर्भपतन गराएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

तीमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ। महाशाखाअन्तर्गत सुरक्षित मातृत्व शाखाकी प्रमुख डा. पूण्या पौडेलका अनुसार औषधि पसलबाट औषधि किनेर ‘मेडिकल एबोर्सन’ गर्नेहरूको संख्या जोड्ने हो भने गर्भपतनको तथ्यांक अझ बढ्नेछ ।

 ‘आफैँ औषधि किनेर गर्भपतन गर्नेहरूको संख्या थाहा छैन,’ उनले भनिन्, ‘हरेक औषधि पसलमा उपलब्ध छ, डाक्टरको प्रेस्किप्सनविना पनि बेचिरहेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.