|

काठमाडौं : देशभर ५० हजार शिक्षक आवश्यक रहको तथ्यांकले देखाएको छ। 

सरकारद्वारा गसठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कायदलले तयार पारेको तथ्यांकमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको खबर नेपाल समाचारपत्र दैनिकमा छ। 

कार्यदलले सबैभन्दा बढी निमावि तहमा शिक्षक अपुग भएको देखाएको छ। सो तहमा २५ हजार शिक्षक अपुग भएको पाइएको छ।  कार्यदललाका संयोजक एवं पूर्वसचिव महाश्रम शर्माले प्रावि तहमा करिब एक हजार, माविमा २१ हजार र कक्षा ११ र १२ का लागि झण्डै ४ हजार शिक्षकको दरबन्दी आवश्यक रहेको जानकारी दिए। 

शिक्षक अभावका कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएका कारण सरकारले गुणस्तर र नयाँ शिक्षकको दरबन्दी निक्याेल गर्न कार्यदल गठन गरेको हो। देशभर १लाख ५० हजार सरकारी शिक्षक छन्। प्रावि तहमा १ लाख २ हजार निमाविमा २५ हजार र माविमा १९ हजार शिक्षक कार्यरत छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.