|

काठमाडौं : मल चाहिएकै बेला देशैभरि कहीं छैन। रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ। यही बेला पाइन छाडेको छ। कृषि सामाग्री कम्पनीले समयमा झिकाउन नसक्दा किसान समस्यामा परेका हुन्। 

मुलुकभर करिब ९५ प्रतिशत रोपाइँ सकिएको सरकारी आँकडा छ। मल चाहिने बेला भएको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव तेज सुवेदीका अनुसार चाँडै भारतको आईपीएलसँग खरिद गरिएको ३० हजार टन (६ लाख बोरा) मल भित्र्याउने तयारी छ। कृषि सामाग्री कम्पनी स्रोतले भने उक्त मल ल्याउन कम्तीमा २० दिन लाग्ने दाबी गरेको समाचार अन्नपूर्ण पोस्टमा छ।

रोपाइँलगत्तै देशभरि कम्तीमा २० हजार टन (चार लाख बोरा) युरियाको माग हुन्छ। कम्पनीको मेचीदेखि महाकालीसम्मका कार्यालयमा गरी हाल करिब दुई हजार पाँच सय टन (५० हजार बोरा) मात्रै छ।

युरिया मात्र होइन, डीपीए मलको माग पनि पूरा हुन सकेको छैन। हाल दुई हजार टन डीएपी मल चाहिने अवस्था छ। कम्पनीसँग एक हजार टन मात्रै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.