|

इंग्ल्याण्ड टुरमा रहेको भारीतय क्रिकेट टोलीले जारि ५ टेस्ट शृंखला अन्तर्गतको दोस्रो टेस्टमा एक इनिंग र १५९ रनको लज्जास्पद हार बेहोरेको छ। 

योसँगै इंग्ल्याण्डले ५ टेस्टको सिरिजमा २–० को अग्रता कायम गरेको छ। विराट कोहलीले टिमको कप्तानीमा रहेको भारतीय क्रिकेट टोलीले पहिलो पटक इनिंग अन्तरको हार बेहोरेको हो। यसअघि पहिलो टेस्टमा भारत ३१ रनले पराजित भएको थियो।

दोस्रो टेस्टमा इंग्ल्याण्डले टस जित्दै भारतलाई पहिले ब्याटिंग गर्ने निम्तो दिएको थियो। भारत पहिलो पारिमा मात्र १०७ रनमै समेटिएको थियो। इंग्लिश बलर जेम्स एण्डरशनले ५ विकेट हात पारेका थिए।

जवाफि व्याटिङ गरेको इंग्ल्याण्डले क्रिस वोक्सको अविजित १३७ रनको मदतमा ७ विकेट गुमाएर ३९६ रन जोड्दै पारि समाप्तिको घोषणा गरेको थियो। 
आफ्नो दोस्रो पारीमा २८९ रनले पछि पर्दै दोश्रो इनिंगमा ब्याटिंग थालेको भारतले १३० रन जोड्दा सबै विकेट गुमाउन पुग्यो र खेल एक इनिंग र १५९ रनले इंग्ल्याण्डको जिम्मा लगाउन बाध्य बन्यो।

भारतको ब्याटिंगमा रबिचंद्रन अश्विनले सर्वाधिक ३३ रन बनाए।  इंग्ल्याण्डको बलिंगतर्फ जेम्स एण्डरशन र स्टुअर्ट ब्रोडले समान ४–४ विकेट चट्काए। टेस्ट शृंखला अन्तर्गतको तेस्रो टेस्ट अगष्ट १८ बाट नटिंगघममा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.