|

दैलेख : दैलेखको नौमूले गाउँपालिका–१ तोलीका एकै घरका दाजु र बहिनी मृगौला पीडित भएका छन्।

३६ वर्षीय दाजु दत्तप्रसाद ढकाल र २१ वर्षीया बहिनी नविना ढकालका दुवै मृगौला पीडित बनेका हुन्। दुवै दाजु बहिनीको मृगौला पीडित भएपछि आर्थिक अभावमा उपचार हुन सकेको छैन्। नौमुले गाउँपालीका–१ मा रहेको नेपाल आधारभुत बिद्यालय अवलतोलीका शिक्षक रहेका दत्तप्रसाद ढकालले दुई बर्ष अघि दवबै मृगौला फेल भएपछि भत्तपुरमा रहेको मानव अंग प्रत्यारोपण गरेका थिए। उनलाई धर्मपत्नी सिता शर्मा अधिकारीले मृगौला दिएकी थिइन।

२०७२ साल भदौमा ३१ मा आफ्नो मृगौला प्रत्यारोपण गरेका उनलाई पनु बहिनीको मृगौला फेल भएपछि आर्थिक समस्या परेको दाजु दत्तप्रसाद ढकालले बताए।  चार महिना अगाडि दुवै मृगौला फेल भई हाल काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा डाइलोसिस गराई रहेकी २१ वर्षिया नविनालाई मृगौला प्रत्यारोपणको तयारी गरेपनि आर्थिक अभावका कारण परिवारले उनलको उपचार गर्न समस्या भएको बताएको छ।

टिचिङ्ग अस्पतालमा अस्पतालमा हप्तामा दुई पटक डाइलोसिस गर्दै आएका नविनाको दुवै मृगौला प्रत्यारोपणको लागि करिब २० लाखको हाराहारीमा रकम आवश्यक रहेको परिवारले कान्छा दाजु नविन ढकालले बताए।  आफै मृगौला प्रत्यारोपण गरेका दाजु दत्तप्रसाद ढकालले  तत्कालको लागि एउटा मात्र मृगौला प्रत्यारोपणको तयारी गरिएको भएपनि आर्थिक अभावका कारण गर्न नसकेको भन्दै सहयोगको याचना गरेका छन्। उनले भने म आफैपनि मृगौला रोगी हुँदैहुँदै बहिनीलाई पनि सेम रोग भयो आफ्नो त जेनचेत  मृगौला प्रत्यारोपण गरे बहिनीको लागि आफु संग पैसा नभएको भन्दै सहयोगी मनहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन्।

आर्थिक अवस्था कमजोर रहेकी नविनाको उपचारमा हालसम्म करिब २ लाखको हाराहारीमा खर्च भई सकेको छ। अब मृगौला प्रत्यारोपण गर्न धेरै रकमको आवश्यकता छ उनका कान्छा दाजु नविन शर्माले भने आफुहरुको क्षमताले बहिनीको मृगौला प्रत्यारोपण गर्न असम्भव भएकाले आर्थिक सहयोग गर्ने मनहरुलाई एनएमवी बैंक सुर्खेत शाखामा दत्तप्रसाद जैसीको खाता नम्वर ०९२२४७००६३८२१४०००००१ जम्मा गर्न आग्रह गरे।

दुवै किड्नी फेल भएर डाईलसिस गराईरहेकी नविना किड्नी फेर्न पाए नयाँ जीवन पाईने अपेक्षामा छिन्। नविनासँगै मानसिक रुपमा तड्पिरहेका उनका पिता आफ्नो एउटा किड्नी छोरीलाई दिन तयार भएपनि आर्थिक अभावकै  कारण मृगौला प्रत्यारोपण हुन सकेको छैन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.