|

बार्सिलोनाले स्पेनीस सुपरकपको उपाधिमा १३ औं पटक कब्जा जमाएको छ। जितसँगै बार्सिलोनाले सिजनको पहिलो उपाधि समेत घरमा भित्र्याउन सफल भएको छ। सोमबार बिहान भएको खेलमा स्पेनिस जाइन्ट बार्सिलोनाले अर्को स्पेनिस प्रतिद्वन्द्वी सेभिल्लालाई २–१ गोलले पराजित गर्दै उपाधि उचालेको हो।

बार्सिलोनालाई १३ औं पटक सुपरकप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले समान एक–एक गोल गरे। सेभिल्लाका लागि पाब्लो सारावियाले सुरुवाती गोल गरे पनि स्कोर जोगाउन असफल भयो। एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पार्ने क्रममा खेलको नवौं मिनेटमा पाब्लो साराबियाले गोल गरेका थिए। तर, बार्सिलोनाले त्यसपछि खेलमा पुनरागमन गर्दा ४२ औं मिनेटमा जेरार्ड पिकेको गोलमार्फत बराबरी गर्न सफल भयो। 

बार्सिलोनाले ७८ औं मिनेटमा औसमाने डेम्बेलेले गोलमार्फत निर्णायक गोल गरेको थियो। खेलको इन्जुरी समयमा सेभिल्ला पेनाल्टीमार्फत खेललाई आफ्नो पक्षमा पारे पनि च्याम्पियन बन्न सफल भयो। इन्जुरी समयमा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले एलेक्स भिडाललाई लडाएपछि सेभिल्लाले पेनाल्टीको मौका पाएको थियो। विसाम विन यडरको पेनाल्टी प्रहार बचाउँदै गोलरक्षक स्टेगनले आफ्नो गल्ती जोगाएका थिए। 

बार्सिलोनाको उचालेको उपाधि यो सिजनको पहिलो हो। यस जितसँगै बार्सिलोना स्पेनिस सुपरकप सर्वाधिक जित्ने टोली बनेको छ। प्रतियोगितामा २२ पटक फाइनल पुगेको बार्सिलोनाको यो जित १३ औं हो। गत वर्ष बार्सिलोना रियल मड्रिडसँग ५–१ को फराकिलो अन्तरले पराजित भएको थियो। स्पेनिस फुटबल फेडेरेसनले ला लिगा च्याम्पियन र कोपा डेल रे च्याम्पियन टोलीबीच सुपरकपको आयोजना गर्ने गर्दछ । उसले गत वर्ष स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.