|

विराटनगर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सर्वोच्च अदालतका कारण भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएको बताएका छन्। विराटनगरमा सोमबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री महासेठले सरकारले सडकलगायत भौतिक निर्माणलाई तीव्र रुपमा अघि बढाए पनि सर्वोच्च अदालतको निर्णयले अवरोध आएको गुनासो गरे।

सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गरेको ढिलाइ जस्ता कार्यलाई अन्त्य गर्न सरकार लागिपरेको उनको भनाइ छ,। निर्माणमा ढिलाई गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनीलाई कारबाही गरिसकिएको र केहीलाई अन्तिम चेतावनी दिएको मन्त्री महासेठले बताए।  समयसीमाभित्र काम सम्पन्न नभए ठेक्का पनि रद्द गर्ने उनले दावी गरे। 

‘काठमाडौं उपत्यकाभित्र भदौ १२ भित्र सबै सडक राम्रो पाउनु हुन्छ,’ उनले भने, ‘उपत्यकाबाहिर पनि निर्माण भइरहेका सडकबाहेकका सडकलाई सुधार गर्नेछौं, बरु सम्मानित अदालतको निर्णयका कारण केही ढिलो भएको छ।’

मन्त्री महासेठल यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गर्ने तथा ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको पनि जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.