|

यसै सिजन युभेन्टस पुगेका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो दर्शक क्रेजका कारण एक मैत्रीपूर्ण खेल बीचमै रद्ध गर्नुपरेको छ। युभेन्टसबाट डेब्युको तयारीमा रहेका उनले मैत्रीपूर्ण खेलमा सुरुवातमै गोल गरे पनि खेल रद्ध भएको हो।

तुरिनको बाहिरी क्षेत्र भिलार पेरोसामा भएको युभेन्टस ए र युभेन्टस बी बीचको मैत्रीपूर्ण खेलमा डेब्यु गरे पनि खेल रद्ध भएपछि उनी दर्शकसँग सेल्फीमै व्यस्त रहेका छन्। परम्परागत रूपमै युभेन्टसको ए र बी टिमबीचको खेलमा दर्शकहरू मैदानमा रमाइलो गर्ने चलन रहँदै आएको छ। 

युभेन्टस ए र बी ले नयाँ सिजन सुरु हुनु केहीअघि हरेक वर्ष मैत्रीपूर्ण खेल खेल्ने गरको छन्। ११२ मिलियन युरोमा आएका ३३ वर्षे रोनाल्डोले खेल्ने भएपछि भिलार पेरोसामा युभेन्टस समर्थकको भिड लागेको थियो। यो खेलमा रोनाल्डोले गोल गरे। रोनाल्डोले खेलको सातौँ मिनेटमा नै गोल गरे। यो खेलमा युभेन्टस ए ५–० ले विजयी भयो। तर खेल ७२ मिनेटमै रोक्नुपरेको थियो।

युभेन्टसका समर्थकले रोनाल्डोलाई मैदानमै घेरेपछि खेल रोक्नु परेको हो। यो मैत्रीपूर्ण खेलको क्रममा समर्थक मैदानमा दौडिने परम्परा नै रहेको छ। सन् १९५५ देखि यो मैत्रीपूर्ण खेल हुँदै आएको छ। पहिलो खेल युभेन्टस बी ले जितेको थियो।

तर उसले सन् २००५ यता युभेन्टस ए लाई हराउन सकेको छैन। आइतबारको खेल हेर्नका लागि भिलार पेरोसा पुग्ने अधिकांशले रोनाल्डोको जर्सी लगाएका थिए। रोनाल्डोको खेल हेर्नका लागि हजारौँ दर्शक मैदानमा आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.