|

पर्सा : भारतबाट अवैध लागुऔषध शरीरमा टेपले बाँधेर फिट गरी नेपाल ल्याउँदै गरेको अवस्थामा सोमबार लमजुङका एक युवा पक्राउ परेका छन्। शरीरमा लागुऔषध लुकाई छिपाई टेपले बाँधेर माथिबाट कपडा लगाई नेपाल ल्याउँदै गरेको अवस्थामा उनलाई राजस्‍व तथा भन्‍सार गस्ती गुल्मको टोलीले नियन्त्रणमा लिएको हो।

नेपालको सिमानामा खटेको सशस्त्र प्रहरीको भन्‍सार गस्ती गुल्मको टोलीले तयारी अवस्थाको अवैध लागुऔषधसहित लमजुङ जोर्नी डाँडा घर ठेगाना बताउने १९ वर्षीय सुभाष घलेलाई नियन्त्रणमा लिएको राजस्‍व तथा भन्‍सार गस्ती गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काले बताए।

घलेले शरीरमा लागुऔषध फिट गरेर टेपले नखस्ने गरी बाँधेर नेपाल प्रवेश गरिसकेका र सोही समयमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खड्काको भनाइ छ। अभियुक्त घलेले शरीरमा फिट गरी ल्याएको अवैध लागुऔषध डाइजोल्याव ६९ थान, नोर्फिन ७२ थान र फेनार्गन ७१ थान गरी २१२ थान रहेको उनले बताए।

भन्‍सार गस्ती गुल्मको टोलीले नियन्त्रणमा लिएका घलेलाई लागुऔषधसहित थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय इनरुवाका प्रहरी नायव निरीक्षक नकुल गौतमको जिम्मा लगाएको सशस्त्र प्रहरी नायव उपरीक्षक खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.