|

काठमाडौं : महालक्ष्मी विकास बैंकले ग्राहकलाई आवास, शिक्षा लगायतका क्षेत्रका कर्जा योजना अघि सारेको छ। बैंकले सोमबार महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा र महालक्ष्मी साना तथा मझौला कर्जाको योजना सार्वजनिक गरेको हो।

यो योजना  अन्तर्गत घर कर्जामा पाँच लाखदेखि पाँच करोडसम्मको कर्जा लिन पाइने छ। त्यस्तै शैक्षिक कर्जामा पाँच लाखदेखि एक करोडसम्मको कर्जा दिने योजना अघि सारेको छ। उल्लेखित कर्जाहरु वार्षिक १२.९९ प्रतिशतको ब्याज लाग्ने उल्लेख गरिएको छ। 

२० वर्षसम्मको अधिकतमअवधिको किस्तामा उपलब्ध हुने महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय जग्गा, तयारी घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा मर्मत सम्भार गर्न सकिनेछ। 

महालक्ष्मी शैक्षिक कर्जा  स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले आफ्ना लागि वा अभिभावकले आफ्ना बालबच्चाका लागि उल्लेखित कर्जा लिनसक्ने छन्।  यस कर्जा अन्तर्गतपहिलो पाँच वर्षसम्म ब्याज मात्र बुझाएपुग्नेछ।

महालक्ष्मीको शहरी तथा ग्रामीण क्षेत्रमा ७३ वटा शाखा तथा ३५ वटा एटिएम रहेका छन् भने चार लाख ४० हजार भन्दा बढि रहेको छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.