|

बैतडी : केही दिनदेखिको लगातारको बर्षाले साेमबार बिहान पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। बैतडीको गोकुलेश्वर-दार्चुलाको खलंगा सडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँजनजिक सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए।

बिहान १० बजे खसेको पहिरोका कारण उक्त सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ। बैतडीको पाटनवाट गएको डोजरले पहिरो पन्छाउने प्रयास गरिरहेको भए पनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। उनले भने, 'लगातारको पानी त्यसैमा ठूलो पहिरो खसेकोले गाह्रो भएको छ।डोजरले पहिरो पन्छाउन नसक्दा ठूलो मेशिन लगाउने तयारी गरेका छौं।'

राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन पूर्ण रुपमा बन्द भएका छन्। दार्चुला-काठमाडौं-महेन्द्रनगर-धनगढी -डडेल्धुरा- बैतडी तथा काठमाडौं- महेन्द्रनगर-धनगढी-बैतडीबाट दार्चुलाका लागी छुटेका सवारी साधनबीच बाटो मै रोकिएका छन्। सवारी साधन बीच बाटोमै रोकिँदा यात्रुहरूअलपत्र परेका छन्। उक्त क्षेत्रमा बेला बेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.