|

हेटौँडा : नेपालको चर्चित समूह ‘भीमफेदी गाइज’ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सार्वजनिक गरेको ‘ए सरकार’ बोलको गीत चौबीस घण्टामै चर्चामा पुगेको छ। युवा पुस्ताको बेरोजगारी समस्या र विदेश भासिनु परेको व्यथालाई म्युजिक भिडियोमार्फत प्रस्तुत गरिएकाले छोटो समयमै युट्युबमा चर्चामा पुगेको हो।

युट्युबमा अपलोड भएको २४ घण्टा पुग्न नपाउँदै म्युजिक भिडियोलाई सोमबार दिउँसोसम्ममा ६३ हजार बढीले हेरिसकेका छन्। हेटौँडाका पत्रकार गिरिजा अधिकारीले लेखेको गीतलाई पुष्पण प्रधानले स्वर दिएका छन्।

विकास पाण्डेको संगीत रहेको गीत रिकेश गुरुङले संगीत संयोजन गरेका छन्। नेपालकै चर्चित समूह ‘भीमफेदी गाइज’ का कलाकारले अभिनय गरेको म्युजिक भिडियोको निर्देशक निर्मल लामा ‘बिजी’ रहेका छन्। 

हेर्नुहोस् गीत :
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.