|

बारा : पत्नीको हत्या गरेको आरोपमा प्रहरीले सोमबार बाराको देवताल गाउँपालिका–६ रौवाहीका अनिल प्रजापति पक्राउ परेका छन्। अनिलले १९ वर्षीया पत्नी ममता कुमारी पंडितको हत्या गरेको खुलेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

ममताको आइतबार शंकास्पद मृत्यु भएको सुचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घटनास्थलको सुक्ष्म अवलोकन गरी सोधपुक्षको क्रममा हत्या पति अनिलले गरेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जितसिंह राठौरले बताए।

पक्राउ परेका अनिललाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा बारा जिल्ला अदालतबाट दिन ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.