|

चितवन : नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाको घरबाट चारलाख नगद चोरी भएको छ। साेमबार बिहान रातीको समयमा घरभित्रको कोठाको ताला फोरी दराजको ताला काटेर नगद ४ लाख चोरी भएको सापकोटाले जानकारी दिए।

राती साढे ९ बजे शौचालय जाँदासम्म राम्रै थियो, बिहान २ बजे बोराको गहुँ पोखिएको थियो। विरालोले ढलाएछ भन्ने लाग्यो र सुतें। विहान ४ बजे बुहारीले हेर्दा पो चोरी भएको चाल पाइयो' सापकोटाले भने, 'रातीको समयमा सबै सुतेको मौकामा पैसा चोरेर लगेछ।' 

भरतपुर महानगरपालिका ३ स्थित बेलचोक नजिकै रहेको घरको च्यानलगेट भने खुला नै रहेको पाइएको उनले जानकारी दिए। कोठामा रहेको चरेशका थालहरू भने बाहिर फ्याँकिदिएको अवस्थामा छ। चोरी भएको भन्दै सापकोटाले जिल्ला प्रहरीमा निवेदन दिएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। सो घटनाको विषयमा अनुसन्धान भइरहेको ढकालको भनाई छ। जिल्लामा पछिल्लो समयमा चोरीका घटनाहरू बढ्न थालेका छन्।

विभिन्न सहकारी संस्थाबाट समेत पटकपटक रकम चोरी हुँदै आएको छ। प्रहरीले दैनिक जसो नै चोर पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.