|

काठमाडौं इन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै वर्षमा एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ।

दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा मात्रै इन्टरनेट सेवा प्रदायकले नियमविपरीत मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठूलो परिणाममा शुल्क असुल गरेका हुन्। इन्टरनेट सेवा प्रदायकको गत आर्थिक वर्षको कुल आम्दानी तीन अर्ब रुपैयाँभन्दा बढी रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

विद्यामान कानुन अनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन। तर, सेवा प्रदायकले एक अर्ब रुपैयाँभन्दा बढी मर्मतसम्भारका नाममा उठाई ठगी गरेको प्रधिकरणका अधिकारीहरु बताउँछन्। यही अनुपातमा इन्टरनेट सेवा प्रदायकले अघिल्ला वर्षहरुमा समेत ठगी गरेको उनीहरुको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.