छापा

स्थानीय तहमा कर : खसीबाेकाको २००, भैँसीको ५००
SHARES

फाइल फोटो
साउन २९, २०७५

    डडेलधुरा : कर लाग्ने वस्तुको सूचीमा अब खसीबोका र राँगाभैँसीसमेत थपिएका छन्। स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन्।

    गाउँपालिकाले प्रतिखसीबोका २०० रुपैयाँका दरले निकासी कर लिन थालेको छ। दूध नदिने बूढा भइसकेका भैँसी संकल गरी बिक्री गर्ने कारोबारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरूले लिने प्रतिभैँसी ५०० रुपैयाँ किसानबाटै असुल्न थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ।

    "हामीबाट खरिद गर्ने  व्यवसायीलेकर तिर्दैनन् तर हामीले तिर्नुपरेको छ’, बैतडी सिद्धपुरका गणेश धामीले भने, ‘स्थानीय सरकारको करको मारमा आखिरमा किसान नै पर्ने गरेका छन्।’

    विभिन्न स्थानीय तहले एकीकृत कर लगाउने तयारीसमेत गरेका छन्। विगतमा ६० रुपैयाँ मालपोत तिर्ने किसानले पछिल्लो समय ६०० सम्म तिर्नुपरेको छ। स्थानीय सरकार बनेपछि कायापलट हुने सपना देखेका सर्वसाधारण एकीकृत सम्पत्तिका नाममा गाईभैँसी पाल्ने गोठको समेत कर तिर्नुपर्ने भएपछि हैरान छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]